तेन्या आरुबाइतो र पार्ट टाइम कामको जानकारी।
स्वस्थ र हँसिला कर्मचारीको ठूलो भर्ती!
विदेशी नागरिकता भएका मानिसलाई पनि एकदमै स्वागत

कामको खोजी

तेन्याको बारेमा

जापान कै एक नम्बरको उच्च गुणस्तरीय 'तेन्दोन तथा तेम्पुरा च्येन' लक्ष्यमा राखेका छौँ।
तेन्याले जापानको परम्परागत खाद्य संस्कृति भएको "तेम्पुरा" को लोकप्रियतालाई अवधारणा बनाएर, सहज मूल्य हुँदाहुँदै उच्च गुणस्तरको तेन्दोन र तेम्पुरा टक्य्राउने गरिरहेको छ।

कामको विवरण

तेन्यामा आरुबाइतो गरिरहेका व्यक्ति विभिन्न छन्। विद्यार्थी, गृहिणी (पति), फ्रि टाइमर, वृद्ध व्यक्ति, विदेशी नागरिकता भएका सबै जना काम गर्दै छन्। ग्राहकलाई खुसी बनाउने गरि, सबै एक भएर पसललाई बढावा दिइरहेका छौँ। पहिलो पटकको काम पनि ढुक्क भइ सुरु गर्न सकिने गरि, म्यानुअल तयार गरेर नम्रताका साथ दयालु वरिष्ठ कर्मचारीले शून्यबाट सिकाउने भएकाले अनुभव नभएकाले पनि चिन्ता लिनु पर्दैन।

●हलको काम

आरुबाइतोका सम्पूर्ण कर्मचारी द्वारा, टाठो अभिवादन र हँसिलो अनुहारले ग्राहकलाई स्वागत गरेर, सिट तर्फ लिएर गइन्छ। अर्डरलाई हाते उपकरणमा इन्ट्री गरि, भान्छामा स्वतः सञ्चारित हुन्छ। पाकेका परिकार टक्र्याइ, हिसाब गर्ने र बिदाइ गरिन्छ।

●खाना पकाउने कार्य

तेन्याको मौलिक अटो-फ्रायर प्रयोग गरेर तेम्पुरा तार्ने हुनाले पकाउने अनुभव नभएका व्यक्ति भए पनि हुन्छ।

●तयारीको कार्य

सुरक्षा एवम् सावधानीलाई प्रथम प्राथमिकता दिएर ग्राहकलाई चाँडो खाना पुर्याउन सक्ने गरि, पहिले नै तयारी गरिन्छ।

●सफाइको काम

ग्राहकलाई आनन्द तवरले स्वागत गर्न पसलको सरसफाइ पनि महत्वपूर्ण हुन्छ।
ग्राहक सिट या भान्छा, हात धुने ठाउँ आदि विभिन्न स्थान, बार अनुसार व्यक्ति तोकेर सबैले पसल टल्काइन्छ।

●युनिफर्म

युनिफर्म सापट दिइन्छ।
लुगा धुने काम पसलले जम्मा गरेर गर्ने भएकाले आफ्नो घरमा लिएर गएर धुनु पर्ने आवश्यक छैन।

●फाइदा

तेन्याको आरुबाइतोबाट सामाजिक अनुभव बटुल्न सकिन्छ।
तेन्याको उत्पादन विशेष मूल्यमा भोजन गर्न सकिन्छ।

Q&A

तेन्यामा दरखास्त दिएर आरुबाइतो सुरु गर्नु अघिका चिन्ता यहाँ समाधान गरौँ।
तेन्याको आरुबाइतो बारेमा, बढि सोधिने प्रश्नको विषयवस्तुलाई सवाल जवाफमा एकतृत गरेका छौँ।

Q: आरुबाइतोमा दरखास्त दिने उमेरको हदबन्दी छ?

A:हाई-स्कुल माथिका जो कसैले पनि दरखास्त दिन सकिन्छ।
※ ६५ वर्षमा अवकाश प्रणाली

Q: अन्तरवार्ता जापानी भाषामा गरिन्छ?

A:हो, अन्तरवार्ता जापानी भाषामा गरिन्छ।
साथै, अन्तरवार्ताको समयमा भिसाको प्रकार चेक गर्न मिल्ने कागजात देखाउन आवश्यक छ।
※पासपोर्ट, विदेशी व्यक्ति दर्ता प्रमाणपत्र, अतिरिक्त क्रियाकलाप गर्न अनुमति दिइएको प्रमाणपत्र।

Q: आरुबाइतो कर्मचारीको कपालको स्टाइल र फेशनमा सीमा निर्धारण गरिएको हुन्छ?

A:खानपिन गर्ने पसलमा काम गर्ने व्यक्ति भएकाले, सधैँ सफा सुग्घर स्वच्छ स्वरूप धेरै महत्त्वपूर्ण हुन्छ।
कपाल स्टाइल (लम्बाई र कलर) का बारेमा अन्तरवार्ता समयमा ब्याख्या गर्छौँ।

Q: आरुबाइतो एवम् खानपिन र ग्राहक सेवा सम्बन्धी कामको अनुभव छैन.............

A:तेन्यामा पहिलो आरुबाइतो स्वरूप छनौट गरिने व्यक्ति पनि बढि हुने भएकाले म्यानुअल या प्रशिक्षण कार्यक्रममा आधारित भई, शून्यबाट भद्र तरिकाले सिकाउने भएकाले ढुक्क भएर काम गर्न सकिन्छ।

Q: तेन्याको आरुबाइतोमा कस्तो तरिकामा काम गर्नु पर्छ?

A:बार र समयको मागलाई आधार बनाइ, कामको शिफ्ट बनाइन्छ।
त्यसैले बच्चा स्कूल गएको बीच अथवा, स्कूल पश्चातबाट आदि, आफ्नो निजी कार्यलाई महत्व प्रदान गरेरै काम गर्न सकिन्छ।

Q: रक्सीको कारोबार गरिन्छ?

A:बियर, जापानी रक्सीको कारोबार गरिन्छ।